सल्यानमा ‘तपाईको मास्क खोई ?’ अभियान

सल्यान १६, माघ ।
सल्यानमा ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गरिएको छ । आमनागरिकहरुलाई मास्क लगाउन आग्रह गर्दै ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गरिएको हो । तेस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि बिभिन्न सरोकारवाला निकायहरुको सहकार्यमा आइतवार सदरमुकाम खलंगामा ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गरिएको हो ।

मास्क नलाएकाहरुलाई मास्क लगाउन र खोप नलगाएकाहरुलाई अनिवार्य खोप लगाउन र गाडीका यात्रुहरुलाई मास्क लगाउन आग्रह गरिएको छ । कोरोना भाइरसको महामारीबाट जोगिन खोप लगाउन तथा यात्रा गर्दा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो । जसअनुसार सचेतनामुलक ¥याली समेत निकालिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, दलित विकास समाजद्धारा सञ्चालित सुआहारा कार्यक्रम लगाएतको संयोजनमा अभियान सञ्चालन गरिएको हो । अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठ, सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

कोरोनाबाट बच्न खोप लगाउन, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्न, बजारमा खोप नलगाई बस्ने र मास्क नलाई हिँड्नेलाई अनिवार्य खोप र मास्क लगाउन आग्रह गरिएको छ । सो अवशरमा मास्क नलगाइ हिडेका दर्जनौँ नागरिकहरुलाई मास्क वितरण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस