सल्यानमा ३८ जना कोरोना संक्रमित थपिदाँ ४६ जना निको भए

सल्यान १७, माघ ।
सल्यानका थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभर ७८ जनाको एन्टिजेन परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । सोही अवधिमा जिल्लाभर ४६ जना निको भएर डिस्चार्ज भएका छन् । जिल्लामा हाल २ सय १८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस