बन्गाडमा वहुमत कार्यपालिका सदस्यद्वारा बैठक बहिस्कार

सल्यान १७, माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको कार्यपालिका बैठक बहुमत कार्यपालिका सदस्यहरुले बहिस्कार गरेका छन् । बामलोकतान्त्रिक गठबन्धन दलहरुको बैठकले केही दिन अघि सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख भएका कुनै पनि कुरा सम्वोदन नभएको भन्दै कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् । सोमवार वस्ने भनेको नगरको कार्यपालिका बैठक वहुमत सदस्यद्वारा बहिस्कार भएपछि कार्यसुचिमा प्रवेश गर्न नपाई अनिश्चितकालका लागि स्थगित भएको छ ।

नगरको वडा नम्बर १ का वडाअध्यक्ष शान्त कुमार यरीलाइ कारवाही भएको जानकारी स्वरुप नगर प्रमुख गोबिन्द पुनले बैठकमा नवस्न आग्रह गरेपश्चात् वहुमत सदस्यहरु जुरुजुरु उठेर वाहिरीएका थिए । गठबन्धन दलहरुमा आवद्ध कार्यपालिका सदस्यहरुले वडाअध्यक्षलाई गरिएको कारवाही फुकुवा लगाएतका विषयमा गल्ती नसचिए सम्म कुनै पनि निर्णय नहुने जनाएका छन् ।

कार्यपालिका बैठक वस्न नसक्दा विकास निर्माणकार्यका धेरै क्षेत्रमा असर पर्ने नगरपालिकाले जनाएको छ । कार्यपालिका बैठक वस्न नसक्दा हिउँदे अधिवेशन समेत प्रभावित भएको छ । विवादकै विच ढिलो गरि नगरसभा गरेको नगरपालिकाले पुनः चर्काे विवाद उत्पन्न भए पछि हिउँदे अधिवेशन लगाएत सबै कामकाज प्रभावित भएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस