बिभिन्न माग राख्दै जनपत्रकार संगठनले बुझायो पत्रकार महासंघलाई ज्ञापनपत्र

सल्यान १८, माघ ।
जनपत्रकार संगठन नेपाल जिल्ला कार्यसमिती सल्यानले नेपाल पत्रकार महासंघ सल्यानलाई ज्ञापन पत्र बुझाएको छ । संगठनको कर्णाली प्रदेश समितिको निर्णयअनुसार विभिन्न ७ बुदेँ मागहरु राख्दै मंगलवार ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा पत्रकारिता पेशा छोडेर पुर्ण रुपमा राजनीति वा अन्य पेशामा लागेकाहरुलाई सम्मान स्वरुप बिदाई गरि मानार्थ सदस्य दिन माग गरेको छ । त्यस्तै पत्रकारहरुको क्षमता बृद्धि विकास गर्न तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न, जिल्लाका विभिन्न सरकारी कार्यालयहरुबाट प्राप्त हुने विज्ञापनहरु समानुपातिक प्राणालीबाट सबै मिडियाहरुले पाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।


जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष योगराज विक, सचिव खेकन्द्र केसी र जिल्ला अध्यक्ष बिरेन्द्र डिसीले बुझाउनुभएको हो । ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले मागहरु समय सन्दर्भिक भएकाले त्यसको सम्बोदनका लागि पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस