सल्यानमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

दुर्गा बिसी,
सल्यान २१, माघ ।
सल्याममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामासरा निवासी ४० बर्षिय रामकली कामीकाे चट्याङ लागेर मृत्यु भएको हो ।
बिहिबार वेलुकि ७ वजेकाे समयमा घरमा चट्याङ परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाबारे थप बुझ्न प्रहरी घटना स्थलमा गएको छ । चट्याङले स्थानीय दुई घरमा क्षती पुगेकाे समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस