शिक्षाकाे विकास नभए सम्म अन्य विकास असम्भव : पुर्वमन्त्री ज्वाला


दुर्गा विसी
सल्यान २३, माघ ।

सल्यानकाे कुमाख गाउँपालिका वडा नम्बर २ मा रहेको नारायण माद्यामिक विद्यालयको ८ काेठे भवनको कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नुभएको छ । प्रदेश सरकार र गाउँपालिकाकाे लागत साझेदारीमा करिव ५४ लाख लागतमा उक्त भवन निर्माण भएको हाे । भवन उद्घाटन गर्दै ज्वालाले शिक्षा क्षेत्रको आमुल परिवर्तन विना अरु परिवर्तन असम्भव रहेको बताउनुभयो ।

आफु निर्वाचित भए पश्चात् हालसम्म जिर्ण भवनको मर्मत तथा नयाँ विद्यालयहरुकाे भौतिक पुर्वाधारमा धेरै वजेट विनियोजन गरेको ज्वालाकाे भनाइ रहेको थियोे । वजेट विनियोजनसँगै विद्यालयहरु निर्माणकार्य सम्पन्न भइ प्रयोगमा आइसकेको समेत वताइएको थियोे । आफ्नाे पहिलो नजर शिक्षा क्षेत्रमा नै परेको ज्वालाकाे भनाइ रहेको थियोे । स्विकाेट नेटा वजारमा रहेको उक्त विद्यालयकाे लागि गाउँपालिका द्वारा २७ लाख १४ हजार ८ सय ४७ र तत्कालीन अर्थमन्त्री हुदा ज्वालाले प्रदेश आर्थिक मामिला मन्त्रालयबाट साेहि वरावरकाे रकम विनियोजन गरि करिव ५४ लाख २९ हजारमा उक्त भवन वनेकाे जनाएको छ ।

भवनकाे कामकाे जिम्मेवारी न्यु विके विल्डर्स एण्ड सप्लाएर्स निर्माण कम्पनीले आर्थिक वर्ष २०७७ चैत मसान्तभित्र सम्पन्न गरिसकेको थियोे । भवन उद्घाटन कार्यक्रमसँगै विद्यालयले सम्मान कार्यक्रम समेत गरेको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले जानकारी दिनुभयो ।भवन गुणस्तरीय तथा राम्रो भएको प्रधानाध्यापक देवेन्द्र रावतकाे भनाइ रहेको थियोे । ५४ लाख लागतमै ८ काेठे भवन भने पछि पठनपाठनमा निकै सहज हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस