सल्यानमा ९ जना कोरोना संक्रमित थपिदाँ १४ जना निको भए

 

सल्यान २४, माघ ।
सल्यानमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । तेस्रो चरणमा फैलिएको कोरोना भाइरसले केही समय तीव्र रुप लिए पनि पछिल्लो समय भने संक्रमितको सख्ंयामा कमि देखिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ९ जना नयाँ संक्रमित थपिदा १४ जना निको भएका छन् ।

३१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । जिल्लामा हाल सक्रिय संक्रमितको सख्या १ सय ८७ रहेको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस