सिद्ध कुमाख गाउँपालिकाको दशौं गाउँसभा : पाँच ऐन पारित

सल्यान २६, माघ ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेको सभाअध्यक्षतामा मंगलवार सम्पन्न गाउँसभाले केही संशोधन सहित बिभिन्न पाँच वटा ऐन पारित गरेको छ । जसमा सिद्ध कुमाख गाउँपालिकाको भूमि ऐन, २०७८, सिद्ध कुमाख गाउँपालिकाको वन ऐन, २०७८, सिद्ध कुमाख गाउँपालिकाको खानेपानी तथा सरसफाइ स्वच्छता ऐन, २०७८ पारित भएको छ ।


यस्तै सिद्ध कुमाख गाउँपालिकाको कृषि ऐन, २०७८ र सिद्ध कुमाख गाउँपालिकाको शिक्षा ऐन २०७४ (दोस्रो संशोधन) बहुमतका साथ पारित भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस