सल्यान २७, माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) सल्यानले जिल्लाभर कमिटी विस्तार तथा प्रशिक्षण अभियान सञ्चालन गर्ने भएको छ । बुधबार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न बैठकले यही फागुन १ गते देखी जिल्लाका दश वटै पालिकाका र सबै वडाहरुमा कमिटी विस्तार तथा प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा गरिसकेकाले सोही अनुसार परिचालन हुने निर्णय गरेको छ । यस्तै संगठनलाई मजवुद बनाउदैँ लैजानको लागि पार्टीपंक्तिसँग सहकार्य गर्दै अगाडी बढ्ने निर्णय गरेको अनेमा संघ समाजवादीका जिल्ला अध्यक्ष बुद्धा केसीले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका जिल्ला सचिव रमेश गौतमको प्रमुख आतिथ्यता रहेको थियो । सो अवशरमा बोल्दै गौतमले पार्टीलाई सुदृढ र वलियो बनाउनको लागि अनेमा संघ समाजवादीको भूमिका महत्वपुर्ण भएको बताउनुभएको छ । बैठकमा पार्टीका जिल्ला कमिटी सदस्य प्रेम बहादुर डाँगी, अनेमा संघ समाजवादीका प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।