सल्यानमा पहिलो पटक फोटो प्रदर्शनी

सल्यान २९, माघ ।
सल्यानमा पहिलो पटक फोटो प्रदर्शनी गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको आयोजनामा जिल्लाको सदरमुकाम खलंगा स्थित डाँडागाउँ बाल मन्दिर परिसरमा शनिवार एक दिने फोटो प्रदर्शनी गरिएको हो । ‘सक्षम फोटो पत्रकार : गुणस्तरीय फोटो : फोटो प्रदर्शनी र फोटो सुरक्षा’ भन्ने नाराका साथ आयोजना गरिएको फोटो प्रदर्शनीमा डेढ दर्जनबढी फोटो पत्रकारले खिचेका ७५ वटा बढी फोटो प्रदर्शनी गरिएको छ ।


फोटो प्रर्दशनीले समाजमा रहेका विभिन्न बिषयलाई क्यामरामा कैद गर्दै जनमानसमा ल्याउने भएकाले यसको बिशेष महत्व रहेको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष बामदेव केसीले बताउनुभयो । जिल्लाका पर्यटकीय गन्तब्यका बारेमा चिनाउन निकै उपयोगी हुने जनाउदै उहाँको यस प्रर्दशनीले सल्यान र सल्यानी समाजबारे जान्नको लागि महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो ।


प्रदर्शनीमा जिल्लाको प्रमुख पर्यटकिय क्षेत्र कुपिण्डे ताल, खैरावाङ मन्दिर, छायाँक्षेत्र मन्दिर, कुमाख लेख, सुन्तला, अदुवा, आलु लगाएत जिल्लामा भएका धार्मिक तथा पर्यटकिय क्षेत्र, जिल्लाको कृषि तथा पशुपंक्षि, जैविक विविधता, कलासंस्कृति लगाएतका बिभिन्न क्षेत्रलाई समेटेर फोटो प्रर्दशनी गरिएको छ । प्रदर्शनीमा जिल्लाका दश वटै स्थानिय तहका बिभिन्न क्षेत्रहरुमा पुगेर संकलन गरिएका फोटोहरु प्रदर्शन गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस