बन्गाडमा शिलान्यास भएको २ बर्षपछि १५ शैयाको अस्पताल निर्माण हुदैँ

'शिलान्यास एकातिर : भवन निर्माण अर्कोतिर'

सल्यान २९, माघ ।
सल्यान पश्चिमी क्षेत्रमा रहेको को बनगाड कुपिण्डे नगरपालिकामा १५ शैयाको अस्पतालको निर्माण प्रक्रिया अघि वढेको छ । शिलान्यास गरेको २ वर्षपछि स्थान परिवर्तन गरि अस्पताल वन्ने भएको हो । देवस्थलमा उक्त अस्पतालको शिलान्यास भए पनि जग्गा किन्न नसकेपछि नगरपालिकाले अम्राको पारि उत्पादन हुने जमिनमा अस्पताल वनाउने ठाउँ छनौट गरेको हो ।

अम्राका स्थानीय करिव २३ घर परिवारले करिव डेढ विगाह जग्गा दान गरे पछि अस्पताल वन्न लागेको हो । जग्गा प्राप्तीका लागि बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शान्त कुमार यरीको महत्वपूर्ण भुमिका रहेको छ । गाउँलेहरुसँग उत्पादन हुने जमिन निशुल्क राज्यलाई प्रदान गराउन उहाँले निकै लामो समय संघर्ष गर्नुभयो । करिव ६ महिनाको अवधिमा आफ्नै गाउँमा १५ शैयाको अस्पताल वनाउने कार्यमा वडाअध्यक्ष यरीले निकै कष्ट गरेपछि त्यो सफल भएको छ । नगरपालिकाले विभिन्न स्थानमा अस्पतालको लागि जग्गा खोज्यो तर निशुल्क जग्गा नपाएपछि फिर्ता गएको रकम पनि आउन सफल भएको छ ।

अस्पताल निर्माणकार्यका लागि प्रक्रिया अघि वढेको र भर्खरै दुई दिन अघि १८ करोडको टेण्डर भएको इन्जिनियर महेश देवकोटाको भनाइ रहेको छ । छिन्चु जाजरकोट सडक खण्डको सल्लिवजार नजिकै करिव डेढ विगाहा जग्गामा अस्पताल वन्ने भएको छ । स्थानीय लोग वहादुर वुढा, रुद्रवीर वुढा, रुद्रवीर विष्ट, गौरिलाल वुढा, भिमा वुढा, भिमवहादुर वुढा, मोतिलाल वुढा, लालबहादुर वुढा, तिलक विष्ट, झनवहादुर वस्नेत, गोब्लो वस्नेत, डम्बर महतारा, चन्दवहादुर वुढा, गोपाल वुढा, कलि वुढा, तिलक वुढा, गोरख वुढा, अमृत विष्ट, डिल्ली वुढा, लालविर चनारा, शान्ति वुढा, प्रेम वुढा लगाएतका थुप्रै स्थानीयले जग्गा दान गरेका छन् ।

अझै थप जग्गा र सट्टापट्टाको काम बाँकी रहेकोले पुनः अन्य व्यक्तिहरु पनि यो कार्यमा समाहित हुने जनाएको छ ।
निशुल्क जग्गा नपाए पछि भौतारि रहेको नगरपालिकाले शिलान्यास गरेको स्थान छोडि अम्रामा अस्पताल वनाउने प्रक्रियामा अघि बढाएको छ । नगरपालिका भित्र अस्पताल निर्माण हुदाँ उपचारका लागि नगरबाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै सबै नागरिकलाई अस्पतालको पहुँचमा ल्याउनको लागि जग्गादान गरिएको स्थानीय लोगवहादुर वुढाले बताउनुभयो । तर जग्गादाता सम्मानित गर्नुको साटो जग्गादान गर्नेहरुको नाम उच्चारण समेत गर्न कन्जुस्याइँ गरेको स्थानीयको दुखेसो छ ।

 

प्रतिक्रिया दिनुहोस