एमसीसी विरुद्ध नेकपा (एकीकृत समाजवादी) संबद्ध संयुक्त मोर्चा संगठनद्धारा बागचौरमा प्रदर्शन

सल्यान २, फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको भातृ संगठनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै सल्यानमा प्रदर्शन गरेका छन् । नेपाल र नेपाली जनताको हितमा परियोजना नभएको भन्दै सत्ता साझेदार समाजवादीले आइतबार प्रदर्शन गरेको हो । एमसीसी परियोजना खारेज गरौँ, गो ब्याक एमसीसी, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

जिल्लाको बागचौर नगरपालिका – २ बागचौरमा भएको प्रदर्शनमा राष्ट्रिय हित विपरित परियोजना आएकाले यसलाई स्वीकार गर्न नसकिने उनीहरुले बताएका छन् । बलमिच्याईको तरिकाले संसदबाट एमसीसी पास गरिए आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस