सल्यान ३, फागुन ।
सल्यानमा रहेको खलंगा शितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशभरी कै उत्कृष्ट छनौट भएको छ । काठमाडौंमा सम्पन्न नगर बिकास कोषको ३४ औं बार्षिकोत्सव कार्यक्रममा खलंगा शितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई उत्कृष्ट घोषणा गरिएको हो ।
देशभरका खानेपानी उपभोक्ता संस्थाहरु मध्येबाट सन् २०१० पछाडिका दोस्रो, तेस्रो साना शहरी खानेपानी आयोजनाहरुले खानेपानी जस्तो महत्वपुर्ण र बिकराल अवस्थालाइ खलंगा सितलपाटीमा सहज आपुर्ती लगाएत सहि ब्यवस्थान गरेबापत यस खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई उत्कृष्ट घोषणा गरिएको हो ।
जसअनुसार सहरी बिकास मन्त्री राम कुमारी झाक्रीले संस्थाका अध्यक्ष केशव बहादुर बुढाथोकीलाई उत्कृष्ट संस्था भएकोमा कदर पत्र प्रदान गनुभएको छ । सो अवशरमा संस्थाका उपाध्यक्ष मौसम दास श्रेष्ठ, सचिव सुधन श्रेष्ठ समेतको उपस्थिती रहेको थियो । विगतमा खानेपानीको लागि समस्या भोग्दै आएका खलंगा र सितलपाटीका नागरिकहरुलाई लिफ्ट प्रविधि मार्फत घर घरमा खानेपानी पुगेपछि सहजता भएको छ ।