एमसीसी पारितको लागि समाजवादीले सहयोग गर्दैन : उपमहासचिव ज्वाला

युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीको आठौं पुर्ण बैठक

सल्यान ४, फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाले एमसीसी पारित गर्नको लागि आफ्नो पार्टीले सहयोग नगर्ने बताउनुभएको छ । हिजोका दिन सम्ममा राष्ट्रको आर्थिक क्षेत्रसंग मात्र जोडिएको एमसीसी अहिले राष्ट्रिय हित संग जोडिएकोले यसलाई पारित गर्न आफ्नो पार्टीले सहयोग नगर्ने बताउनुभएको हो ।

पार्टीको भातृ संगठन युवा संघ नेपालको कर्णाली प्रदेश कमिटीको मंगलबार सल्यानको कुपिण्डे तालमा आयोजित आठौं पुर्ण बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रको हित भन्दा ठुलो केहि हुन सक्दैन, यदि सरकारले एमसीसीलाई संसदमा प्रस्तुत गरेको अवस्थामा हामि पारित गर्न सहयोग गर्दैनौं उहाँले भन्नुभयो नेपालको राष्ट्रियता माथी हस्तक्षेप गर्ने र चिनमाथि प्रहार गर्ने अमेरिकी निति हामिलाई स्वीकार्य छैन ।

उहाँले एमसीसीमा भएको प्रावधान गलत रहेको बताउनुभयो । यसले नेपालको राष्ट्रियता र स्वाधीनतामा असर गर्ने भएको त्यसलाई जस्ताको त्यस्तै पारित गर्न नहुने उहाँको भनाइ छ । त्यसमा भएका प्रावधान गलत छन्, यदि पारित गर्नैपर्ने भए संशोधन गरेर मात्र पारित गर्नुपर्छ उहाँले भन्नुभयो । उहाँले आफ्नो पार्टी सडक आन्दोलनमा गैसकेकाले त्यसलाइ कुनै पनि हालतमा पास गर्न सहयोग नगर्ने बताउनुभयो । फरक प्रसंगमा ज्वालाले गठबन्धन भित्रका दलहरुका बीचमा चुनावमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले महाअभियोग लगाएतका कारण गठबन्धन अझ बलियो भएको दाबी गर्नुभयो ।

यस्तै पार्टीका कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर बहादुर थापाले पार्टीले लिएको लक्ष्य प्राप्तिको लागी युवा सक्रियता आवश्यक रहेको बताउनुभएको छ । उहाँले एउटा पिढीँ अझै परम्परागत सोचमा रहेकाले युवाको काँधमा राष्ट्र निर्माण गर्ने जिम्मेवारी ल्याउनको लागि युवा सक्रियता अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।

युवा संघ नेपालका प्रदेश कमिटी अध्यक्ष अनिल बोगटीको अध्यक्षतामा भएको बैठकमा प्रदेशका दश वटै जिल्लाका प्रदेश कमिटी सदस्यहरुको सहभागिता रहेको थियो । युवा संघ नेपालका सल्यान जिल्ला इन्चार्ज ओमकार वलीको स्वागत मन्तव्यबाट शुरु भएको बैठकको सहजीकरण प्रदेश कमिटीका सचिव कमल कृष्ण पौडेलले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित