दुर्गा विसी,
सल्यान ४, फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको बन्गाड कुपिण्डे नगर स्तरीय पार्टी प्रशिक्षण तथा राष्ट्रिय सभा सदस्य उदय बहादुर वोहरालाइ सम्मान कार्यक्रम सल्लीवारमा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै ज्वालाले अवको अभियान भनेको एक समाजवादीले १० जना वढाउनुपर्ने गरि होमिन निर्देशन दिनुभयो । देशको अहितमा हुने एमसिसिले यतिखेर देश गिजोलिरहेको छ। राष्ट्र अहितमा रहेको यो परियोजना कुनै पनि हालतमा पास हुनुहुँदैन, विषयमा समाजवादीको प्रष्ट धारणा रहेको छ उहाँले भन्नुभयो । राष्ट्रघाति वुदाहरु संशोधित नभए सम्म यो परियोजना संसदबाट पास नहुने र यसको पक्षमा समाजवादीले मतदान समेत नगर्ने ज्वालाको भनाइ रहेको छ ।कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष अम्बर वहादुर थापा, केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज एवं राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहरा, केन्द्रीय सदस्य भद्रसिंह वुढाले प्रशिक्षणत्माक मन्तव्य राख्नुभएको थियो ।

साथै केन्द्रीय प्रतिनिधि परिषद सदस्य हरि केसी, प्रदेश कमिटी सदस्य एवं पार्टी जिल्ला कमिटी उपाध्यक्ष राम खड्गी, प्रदेश कमिटी सदस्य एवं पार्टी जिल्ला कमिटी सचिव रमेश कुमार गौतम, प्रदेश कमिटी सदस्य तथा पालिका कमिटी इन्चार्ज गणेश बिसी, प्रदेश कमिटी सदस्यहरु ज्ञानेश्वर केसी र जिवन बिसी, युवा संघ केन्द्रीय सचिवालय सदस्य ओमकार ओली, अनेरास्ववियु स्थायी कमिटी सदस्य तिलक नेपाली, युवा संघ कर्णाली प्रदेश उपाध्यक्ष रेशम भण्डारी, प्रगतिशिल शिक्षक संगठन प्रदेश उपाध्यक्ष शिखर यरी लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

पार्टी नगर कमिटी अध्यक्ष रविराज शर्माको अध्यक्षतामा आयोजित प्रशिक्षणात्मक भेलामा जिल्ला कमिटि सदस्य पठ बहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर कमिटी सचिव गोविन्द डाङ्गीले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।