सल्यान ४, फागुन ।
सल्यानको शारदा नगरपालिकाको वजेटबाट निर्माण गरिएको मोटरेवल पुल सञ्चालनमा आएको छ । नगरपालिकाको वडा नम्बर १ शान्तिनगर र वडा नम्बर १२ रेशमज्युलालाई जोड्ने पुल सञ्चालनमा आएको हो । पुल भ्याट सहित ४ करोड ५५ लाखमा निर्माण सम्पन्न भएको हो । जुद्ध एन्ड पूर्ण निर्माण सेवा दाङले पुल निर्माणको ठेक्का लिएको थियो । २०७५ माघ २० गते नगरपालिका र निर्माण व्यवसायि बिचमा सम्झौता भएको थियो ।
यसैविच नवनिर्मित पुलको बुधबार नगर प्रमुख सुरेश अधिकारीले उट्घाटन गर्नुभएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर र सदरमुकामबाट वडा नम्बर उहाँले बताउनुभयो । जनताको माग र आवश्यकतालाई मध्यनजर गरी पुल निर्माण गरिएको उहाँले बताउनुभयो । पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज हुने वडा नम्बर १२ का वडाध्यक्ष दीपक हमालले बताउनुभयो ।