सल्यानमा जिल्ला स्तरीय मरिचमान गोल कप फुटवल प्रतियोगिता हुदैँ

सल्यान ५, फागुन ।
सल्यानमा जिल्ला स्तरीय मरिचमान गोल कप फुटवल प्रतियोगिता हुने भएको छ । नवशक्ति युवा क्लब शारदा नगरपालिका १ श्रीनगरको आयोजनामा भोली फागुन ६ गते देखी ८ गते सम्म श्रीनगरमा फुटबल हुने भएको हो । प्रतियोगितामा विजेता टिमले ३० हजार नगद सहित मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले १५ हजार नगद सहित मेडल र प्रमाण पत्र पाउने क्लवका अध्यक्ष कुमारसिंह केसीले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्ला भित्रका खेलाडीहरुले मात्रै भाग लिन पाउने उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस