एमसीसी नेपालको बिकास र समृद्धिका लागी हो, जसरी पनि पारित गरिनुपर्छ : संग्रौला

सल्यान ८, फागुन ।
नेपाली काँग्रेसकि केन्द्रिय सदस्य डा. डिला संग्रौलाले एमसीसी परियोजना नेपालको बिकास र समृद्धिका लागी भएको बताउनुभएको छ । उहाँले नेपाल जस्तो गरिब देशको बिकास र समृद्धिको लागि एमसीसी परियोजना आवश्यक भएकाले यसलाई संसदबाट पारित गर्नुपर्ने बताउनुभयो । ७२ प्रजातन्त्र दिवसका अवशरमा नेपाली काँग्रेस दार्मा गाउँपालिका सल्यानले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बोल्नुभएको हो । एमसीसीलाई अघिल्लो सरकारले नै अगाडि बढाएको हो, यसलाई पारित गर्नको लागि काँग्रेसले संसदमा टेबल गर्छ उहाँले भन्नुभयो हिजोका दिनमा कम्युनिस्टहरुले एमसीसीलाई अघि बढाए, तर अहिले पारित गर्ने बेला खुट्टा कमाएका छन्

उहाँले गठबन्धनको सरकारमा रहने तर सत्तामै बसेर सडकमा प्रदर्शन गरिने कम्युनिस्टहरुले दोहोरो चरीत्र देखाएको बताउनुभयो । केन्द्रमा अहिले कै गठबन्धन कायम रहेपनि स्थानीय तहको निर्वाचनमा भने स्थानीय आवश्यकता अनुसार मात्रै सहकार्य हुनेछ उहाँले थप्नुभयो यस्तो अवस्थामा काँग्रेसको साथमा सत्तामा पुग्ने सपना नदेखे हुन्छ । उहाँले देशमा भएका हरेक परिवर्तनमा अग्रसर सारथि काँग्रेस भएको बताउनुभयो । जव जव देशमा समस्या आउँछ, त्यो बेला काँग्रेसले देशको नेतृत्व र परिवर्तनको थालनी गर्छ, उहाँले भन्नुभयो गाँउ गाँउमा जाउँ गाउँमै रमाउ भन्ने नारा सहित पार्टी अगाडि बढेको छ ।

कार्यक्रममा पार्टीका जिल्ला सभापति केश बहादुर बिष्ट, नेतृ गिरिजा न्यौपाने, बिर बहादुर सेजवाल लगाएतकाले बोल्नुभएको थियो । पार्टीका दार्मा गाँउ सभापति कृष्ण बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रामचन्द्र केसीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस