एमसीसी पारितको लागि सहयोग गर्दैनौँ : उपमहासचिव ज्वाला

सल्यान ८, फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाले यथास्थितिमा एमसीसी पारितको लागी सहयोग नगर्ने बताउनुभएको छ । उहाँले एमसीसीमा भएका केहि प्रावधान राष्ट्रहित बिपरित भएकाले यसलाई जस्ताको त्यस्तै पारित गर्न नहुने र त्यसको लागि पार्टीले सहयोग पनि नगर्ने बताउनुभएको हो ।


आइतबार भोटेचौरमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) छत्रेश्वरी गाउँपालिका स्तरीय कार्यकर्ता भेला, प्रशिक्षण तथा राष्ट्रियसभा सदस्य उदय बहादुर बोहरालाई सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । यो परियोजना नेपालको बिकास र हितको लागि आएको भएपनि केहि प्राबधान राष्ट्रहित बिपरित भएकाले जस्ताको त्यस्तै पारित गर्न नहुने उहाँको भनाइ छ ।


एमसीसी पारितको लागि अहिलेकै अवस्थामा हामी सहयोग गर्नसक्दैनौँ उहाँले भन्नुभयो अहिलेको समयमा हामीले गरेको कार्यले भोलीका सन्ततीले दुख नपाउन भनेर हामी सचेत छौँ । यदी संशोधन गरेर अगाडी बढेमा पारित गर्नको लागि सहयोग गर्न सकिने उहाँले बताउनुभयो । अहिलेको बहसको बिषय बनेको एमसीसीकै कारण सत्ता गठबन्धन नटुट्ने उहाँको दावी छ ।


कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष तथा राष्ट्रियसभा सदस्य उदय बहादुर बोहरा, पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला सह–इन्चार्ज भद्रसिंह बुढा, केन्द्रिय सदस्य शारदा परियार, जिल्ला कमिटी उपाध्यक्ष राम खड्की, केन्द्रिय परिषद सदस्य हरी केसी लगाएतकाले बोल्नु भएको थियो । गाउँ कमिटी अध्यक्ष गोबिन्द केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रेम भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिब रेमन्त डिसीले गर्नुभएको थियो ।


यसैविच भेलाले यज्ञ बहादुर केसीको अध्यक्षमा ५७ सदस्यीय युवा संघ नेपाल छत्रेश्वरी गाउँ कमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा रविन्द्र केसी, सचिवमा दिपक मल्ल, उपसचिवमा भेषराज डाँगी र कोषाध्यक्षमा लक्ष्मी घर्ती रहनुभएको छ । यस्तै नन्दा नेपालीको अध्यक्षतामा ३३ सदस्यीय अखिल नेपाल महिला संघ (समाजवादी) गठन गरिएको छ । यसको उपाध्यक्षमा बेलमती घर्ती र राजकुमारी बिक, सचिब मनिशा चन्द, कोषाध्यक्ष चन्द्रा केसी तथा सहसचिवमा निर्मला सुनार गोतामे र पार्बती परियार रहनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस