म मर्छु तर मेरो देश बचोस्

कविता

यो टेबुल हो
यो टेबुलमा एमसीसी छ
नखाउँ भने
दिनभरिको शिकार
खाउँ भने
कान्छा बाउको अनुहार
एमसीसीको बिरोध
कुर्सीको मोह
मैले बुझ्न सकिन
मेरो सरकार
दुईवटा डुंगामा
एकैचोटि सवार हुदैन
मेरो महाशय
एमसीसी भन्ने जिनिस
नेपाल र नेपालीको हितमा छैन
ए भत्ता पचाउने माननीयज्यु
यसका विरुद्ध बोल्नुस
लडाइँको मोर्चा खोल्नुस
म नेपाली हुँ
मलाई मेरो नेपाल चाहिन्छ
कुइरेको डलर होइन
तपाईंलाई कुर्सी प्यारो होला
मलाई नेपाल र नेपाली प्यारो छ
काँग्रेस र एमालेलाई डलर प्यारो होला
मलाई स्वाधीनता र स्वाभिमान प्यारो छ
म मर्न तयार छु
तर मलाई दासत्व स्वीकार छैन
देश रहे जीवन छ
स्वाभिमान रहे भविष्य छ
डलरमा बिक्ने पार्टी र नेता रहेसम्म
मेरो स्वाधीनता र स्वाभिमान छैन
म मर्छु
तर
मेरो देश मर्न दिन्न
नेपाली पराधिन हुन दिन्न
मलाई डलर चाहिंदैन
मेरो देश चाहिन्छ
मेरा नेपाली चाहिन्छ
देश बनाउन हामी सक्छौं
कसैको कपटी डलर चाहिदैन
खबरदार.काँग्रेस -एमाले
देश बेच्न पाइदैन
एमसीसी चाहिंदैन
म मर्छु
अनि म
मेरो देश र जनता बचाउँछु ।

000

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित