सल्यानमा एम्बुलेन्स दुर्घटना : घाइतेलाई उपचारको लागि काठमाण्डौँ लगियो

गोबिन्द आचार्य,

सल्यान १७, फागुन ।
सल्यानमा एम्बुलेन्स दुर्घटना हुदाँ चालक घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ आगरखोलामा गएराती १० वजे तीर प्रदेश नम्बर ३-०१-०२२ च ८०१८ नम्बरको एम्बुलेन्स दुर्घटना हुदाँ दोलखा घर भएका चालक सोम बहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । काठमाण्डौँबाट रुकुम पश्चिममा बिरामी छोडेर काठमाण्डौँ फर्किदैँ गर्दा एम्बुलेन्स दुर्घटना भएको जनाइएको छ । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकोमा थप उपचार लागि काठमाण्डौँ रिफर गरिएको छ । उनको हात र खुट्टामा चोट लागेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस