कर्णाली प्रदेशस्तरीय कविता प्रतियोगितामा सल्यानकी बुढाथोकी प्रथम

सल्यान १८, फागुन ।
कर्णाली प्रदेशस्तरीय कविता प्रतियोगितामा सल्यानकी भुमिका बुढाथोकी प्रथम हुनुभएको छ । युएनडीपी नेपाल कर्णाली प्रदेश कार्यालय सुर्खेतले आयोजना गरेको सरकारी सामुदायिक विद्यालयहरुको कक्षा ८ देखी कक्षा १२ सम्म अध्यनरत विद्यार्थीहरुको सहभागिता भएको भर्चुृअल प्रदेशस्तरीय कविता प्रतियोगितामा जीवनज्योति माध्यमिक विद्यालय कपुरकोट गाउँपालिका–५ रीममा कक्षा ११ मा अध्ययनरत भुमिका बुढाथोकी प्रथम हुनुभएको हो ।

“दिगो भविष्यका लागि आजै लैगिंक समानता” बिषयक कविता प्रतियोगिता हालै सम्पन्न भएको हो । प्रतियोगितामा सल्यान, सुर्खेत र दैलेख जिल्लाका ९ वटा सामुदायिक विद्यालयहरु सहभागी भएका थिए । विद्यार्थी तथा किशोरीहरुलाई उनीहरुको दिमाग बोल्ने बनाउनका लागि उनीहरुलाई अवसर सिर्जना गर्दै बौद्धिकतालाई तिखार्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएकी बुढाथोकीले विद्यालयको गरिमा बढाउनुका साथै जिल्लाको पनि शिर उच्च राख्न सफलको खुसी भएको बिद्यालयका प्रधानाध्यापक भुपाल साहुले बताउनुभयो । अन्तरराष्ट्रिय नारी दिवशको अबशर पारेर प्रतियोगिता आयोजना गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस