नेकपा माओवादी केन्द्रको आयोजनामा दार्मामा जनप्रशिक्षण सम्पन्न

एमसीसीको विष मरिसक्यो, अब कुनै शङ्का छैनः मन्त्री लामा

सल्यान २२, फागुन ।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन) ले अमेरिकी सहयोग परियोजना एमसीसीको ब्याख्यात्मक रुपमा पारित भएकाले यसको कार्यान्वयनमा कुनै समस्या नभएको बताउनुभएको छ । उहाँले एमसीसीमा भएको बिष मरिसकेकोले अब कार्यान्वयनमा कुनै समस्या नभएको र छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो ।

महान जनयुद्धको २७ औं बार्षिकोत्सव तथा सहिद दिवसका अवशरमा नेकपा माओवादी केन्द्र दार्मा गाउँ समितिको आयोजनामा शनिबार सम्पन्न जनप्रशिक्षण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । एमसीसीका बारेमा धेरै शंकास्पद बुदाँहरु समाबेश गरिएको थियो, तर ब्याख्यात्मक बुदाँहरु समाबेश गरेर पारित गरिएको छ, उहाँले भन्नुभयो बिष निकालेको सर्प जस्तै गरेर एमसीसीको बारेमा भएका गलत प्रवाधान छुट्याइएको छ, अब यसमा कुनै समस्या छैन, शंका पनि गर्नु हुदैन ।

उहाँले एमसीसीलाई जालो थापेर सत्ता गठबन्धनलाई बिभाजन गर्ने ओलीको सपना तुहिएको बताउनुभयो । जस्ताकोत्यस्तै एमसीसी पारित गर्न सहयोग गर्ने तर सभामुखलाई महाअभियोग लगाउनुपर्ने, प्रधानन्यायाधीश माथी लगाइएको महाअभियोग फिर्ता गर्नुपर्ने तथा सत्ता गठबन्धनलाई तोड्ने सपना हाम्रो नेतृत्वले तुहाइ दियो, उहाँले भन्नुभयो बिदेशी राष्ट्रहरुसंगको सम्बन्धलाई बलियो बनाउदैँ एमसीसी परियोजना संचालन गर्न सफल भएका छौँ ।

मन्त्री लामाले जनताका लागि बिकास र समृद्धि आवश्यकता भएको र सोहि अनुसार आफुहरुले काम गरिरहेको बताउनुभयो । रोटो र भोटोको ग्यारेन्टीको लागी हाम्रो पार्टी अगाडि बढेको छ र सोहि अनुसार काम पनि गरिरहेको छ उहाँले भन्नुभयो । बिगत र अहिलेको बिकासको तौरतरिका फरक भएको र आफ्नो पार्टी सत्तामा रहदा जहिले पनि जनताको पक्षमा काम गरेको बताउनुभयो ।

पार्टीका प्रदेश कमिटी सदस्य समेत रहनुभएका लामाले आउदो निर्वाचनमा माओवादी केन्द्रलाई देश कै ठुलो पार्टी बनाउनको लागि सक्रियताका साथ लाग्न सबै नेताकार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।

पार्टीका जिल्ला संयोजक कृति बहादुर पुन, प्रदेश कमिटी सदस्य भिमप्रकाश शर्मा, रत्न बहादुर वली, ज्ञान बहादुर वली, निम बहादुर केसी, अनन्त प्रसाद शर्मा, रमेशकुमार मल्ल, जुना मल्ल चन्द, जेष्ठ कम्युनिस्ट मन्चका केन्द्रिय सदस्य बासुदेव मल्ल, दलित मुक्ति मोर्चाका जिल्ला संयोजक मानसिंह बिक लगाएतले बोल्नुभएको थियो ।

गाउँ कमिटी अध्यक्ष चन्द्र बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष असबिर बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिब दुर्गा मल्लले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस