आज देखी दैनिक साढेँ आठ घण्टा बन्द हुदैँ कपुरकोट–चोरखोला सडक

सल्यान २२, फागुन ।
सडक स्तरोन्नतीको काम समयमै सम्पन्न नहुदाँ राप्ती लोकमार्ग फेरी बन्द हुने भएको छ । पटक–पटक गरेर चालु आर्थिक बर्षको अवधिमा ९८ दिन सम्म बन्द भएको लोकमार्ग फेरी बन्द हुने भएको हो । सडकको स्तरोन्नतीको काम अझै बाँकी रहेकाले राप्ती लोकमार्ग अन्र्तगत सल्यानको कपुरकोट देखी दाङ तुलसीपुर सडकखण्ड दैनिक साढेँ आठ घण्टा सवारी आवगमन बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

सडकको स्तरोन्नतीको काम बाँकी रहेकाले करिब २० दिन यस सडक खण्डमा दैनिक रुपमा सवारी आवगमन बन्द हुने भएको हो । कपुरकोट–चोरखोला सडक खण्डका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सल्यानमा राजनितिक दल, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायि, यातायात व्यवसायी सहितको सम्पन्न बैठकले फागुन २२ गते देखी चैत १ गते सम्म पहिलो चरणमा दैनिक साढेँ आठ घण्टा सवारीआवगमन बन्द गर्ने निर्णय गरिएको हो ।

यस सडकको श्याम÷शंकर एण्ड एन्जिला÷आकांक्षा जेभी सुर्खेतले करिब ९ करोड रुपैयाँमा सडक स्तरोन्नतिको जिम्मा लिएको छ । चोरखोला खण्डको करिब १६ सय मिटरमा गरेर झण्डै २० हजार घनमिटर सडकको माथिल्लो भाग कटिङ गर्नुपर्ने भएकाले दैनिक साँढे आठ घण्टा सडक बन्द गर्ने अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा दश दिन सडकमा सवारी आवगमण बन्द गर्न लागिएको र दोस्रो चरणमा थप दश दिनको समय दिइने बताउनुभयो ।

जसमा फागुन २२ गते देखी चैत १ गते बिहान ७ बजे देखी ९ बजे सम्म, बिहान ११ वजे देखी दिउसोँ ३ बजेसम्म र बेलुका साढेँ ५ वजेदेखी राती ८ बजेसम्म सडकमा सवारी आवगमण बन्द हुने छ । यस अघि पनि पटक–पटक सवारी आवगमन बन्द गरी सडक स्तरोन्नतीको काम भएकोमा फेरी समय थप गरिएको प्रशासनले जनाएको छ । सम्झौता अनुसार यही चैत मसान्त सम्म सडकको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस