पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला शाखा सल्यानको अध्यक्षमा राजेश विक

सल्यान २२, फागुन ।
पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला शाखा सल्यानको अध्यक्षमा राजेश विक चयन हुनुभएको छ । जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भेलाले बिकको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिती गठन गरेको छ । जसको उपाध्यक्षमा मनविर वस्तेत, महासचिवमा रामचन्द्र रेग्मी, सचिवमा टोप वहादुर डिसी र कोषाध्यक्षमा मातृका सुवेदी रहनुभएको छ । यस्तै सदस्यहरुमा सन्तोष विक, धिरेन्द्र परियार, गोविन्द डाँगी, कुल वहादुर भण्डारी, कृष्ण विक, केशर केसी, बुद्धि पुन लगाएतका रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस