सल्यान २३, फागुन ।
नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८२ जना केन्द्रीय सदस्यको सूची पढेर सुनाउनुभएको । बाँकी १५ जना भने प्रस्तावित केन्द्रीय सदस्य भनिएको छ । केन्द्रीय समितिमा समानुपातिकतर्फ ५५ र खुलातर्फ ४२ गरी ९७ जना मनोनित गर्न सकिने छ ।
जसमा सल्यानका रमेश मल्ल र तिलकराज भण्डारी पनि केन्द्रिय सदस्य बन्नुभएको छ । विगत लामो समय देखी बिद्यार्थी राजनितिमा होमिनुभएका मल्ल केन्द्रिय कार्यलयबाट र भण्डारी युबा खस आर्यबाट केन्द्रिय सदस्य बन्नुभएको हो ।