प्रभावशाली नेता डाँगी एकीकृत समाजवादीको केन्द्रिय सदस्यमा मनोनित

सल्यान २३, फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रिय सदस्यमा सल्यानका लोक बहादुर डाँगी मनोनित हुनुभएको छ । हालैसम्पन्न पार्टीको सचिवालय बैठकले डाँगीलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । नेकपा एमाले सल्यानका पुर्वअध्यक्ष समेत रहेका डाँगी दलवल नेता कार्यकर्ताहरु सहित केही समय पहिले मात्रै एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो । डाँगी सल्यानका एक प्रभावशाली र बैचारिक नेताको रुपमा पनि चिनिनुहुन्छ । यससँगै एकीकृत समाजवादी पार्टीमा सल्यानबाट पाँच जना नेताहरु केन्द्रिय सदस्य बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस