सल्यानका वनजंगल लालिगुराँसले ढकमक्क : फोटो फिचर

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान २७, फागुन ।

यतिबेला सल्यानका वनपाखालाई लालिगुराँसले ढकमक्क बनाइदिएको छ । सल्यानका वनजंगलमा लालिगुराँस फुल्दा प्रकृतिमा सौन्दर्यताको चाङ लागेको छ । यसका साथै अहिले सल्यानका वनजंगलमा लालिगुराँस खेल्न जानेहरूको भिड पनि उतिक्कै बढेको छ । अहिले लालिगुराँसले सल्यानका विभिन्न वनजंगललाई आफैं शोभायमान बनाइदिएको छ ।

सल्यानमा प्राय फागुन, चैत र बैशाख महिनामा लाली गुराँस फुल्ने गर्दछ । नेपालको रास्ट्रिय फुलका रुपमा समेत परिचित लालिगुराँस आफैमा सौन्दर्यताको प्रतिक समेत मानिन्छ । नेपालको निशान छापमा समेत लालिगुराँसलाई समावेश गरिएको छ । यस्तै नेपाली रुपियाँ पाँच सय र एक हजारको नोटमा समेत लालिगुराँस अङ्कित छ ।

लालिगुराँसलाई गाउँघरतिर घरेलु औषधीका रुपमा समेत प्रयोग गरिन्छ । प्राय रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । अनेक रंगमा फूल्ने यी लाली गुराँस नेपालमा ३३ प्रजातिका छन् भनेर विभिन्न किताबमा अभिलेख समेत राखिएको छ ।

हेर्नुहोस् सल्यानको बागचौर नगरपालिका कोटमौला पातिहाल्न क्षेत्रमा कैद गरिएका लालिगुराँसका २० मनमोहक तस्वीरहरु :

 

 

 

 

प्रतिक्रिया दिनुहोस