निर्माण व्यवसायि महासंघको कर्णाली प्रदेश (भूगोल) बाट केन्द्रिय सदस्यमा केसीको उम्मेदवारी

सल्यान २८, फागुन ।
नेपाल निर्माण व्यवसायि महासंघको कर्णाली प्रदेश (भुगोल) बाट केन्द्रिय सदस्यमा सल्यानका डिल्ली प्रकाश केसीको उम्मेदवारी दिनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशनका लागि आज भएको उम्मेदवारी दर्ता कार्यमा निशान भुमी कन्स्ट्रक्सनका प्रोप्राइटर केसीले उम्मेदवारी दिनुभएको हो । जस अनुसार भोली निर्वाचन हुने छ । केसीलाई निर्माण व्यवसायिहरु रत्न खड्का, चन्द्र थकाली, मंगल शाही, ओपेन्द्र खड्का, मानव बम, सुरतजंग मल्ल लगाएतको सर्मथन रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस