पर्यटनको नयाँ आयाम : सल्यानको ढकढके लेक (फोटाे फिचर)

'सल्यान चिनाउने हाम्रो अभियान'

सल्यान ३०, फागुन ।    सल्यानको छत्रेश्वरी गाउँपालिकामा पर्ने चाँदनी साततले गुफा र ढकढके लेक पछिल्लो समय सल्यानमा आन्तरिक पर्यटहरुका लागि पर्यटनको नयाँ आयाम बनेको छ ।

पर्यटन प्रबर्द्धनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले अहिले चाँदनी साततले गुफा नजिकै ढकढके लेकमा भ्यु प्वाईट निर्माण गर्दैछ । उक्त स्थानबाट गाउँपालिकाले जिपलाइनको सम्भाब्यता अध्ययन समेत गरेको गाउँपालिकाले जनाएको छ ।

छत्रेश्वरी गाउँपालिकाको केन्द्रबिन्दु लान्ती बजार देखि करिब एक घन्टाको सवारी यात्रामा यो ठाउँ पुग्न सकिन्छ । पैदल यात्रा गर्नेहरुका लागि करिब साडे एक घन्टाको चादनी साततले गुफा हुदै पैदलमार्ग भएर ढकढके लेकमा पुग्न सकिन्छ । चाँदनी साततले गुफामा विभिन्न आकृतिहरु बनेका छन् । यहाँ चमेराहरुको वासस्थान समेत रहेको छ । गुफामा शिवको दुईवटा मुर्ति समेत बनाइएको छ । ढकढके लेकबाट छत्रेश्वरी गाउँपालिकाको संघार, लेखपोखरा, लान्ती बजार, बोटेचाैर र सल्यानको शारदा खोला लगायत आसपासको सुन्दर दृश्याअवलोकन समेत गर्न सकिन्छ ।

हेराैं सल्यानको छत्रेश्वरी गाउँपालिकामा पर्ने चाँदनी साततले गुफा र ढकढके क्षेत्रबाट देखिने २० मनमोहक तस्बिरहरु :       

प्रतिक्रिया दिनुहोस