सोलारको भरमा ‘काप्रेचौर’

विजुली बत्ती बाल्ने आसमा बसेका नागरिकहरुले आफ्नै खर्चमा सोलार जडान गरेका छन् ।

सल्यान ४, चैत ।

सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ७ काप्रेचौर, घुइयावारीका टेक बहादुर बिकले घरमा सोलार राखेको झण्डै दश बर्ष बढी भयो । घरमा विजुली बत्ती जडान गरेर घरै झिलिमिली बनाउने उहाँको सपना अधुरो छ नै तर तत्कालै त्यो सपना पुरा हुने छाँट पनि छैन् । ‘घरमा बिजुली जडान गर्ने, टिभि हेर्ने, घरआँगन झिलिमिली बनाउने सपना थियो’ उहाँ भन्नुहुन्छ ‘तर अझै २/४ बर्ष सम्ममा त्यो सपना पुरा हुने छाँट छैन् ।’

घुइयावारी कै भिमसरा बुढाले पनि घरमा २० वाट क्षमताको सोलार राख्नुभएको छ । बर्षौदेखी घर अन्धकार भैरहेपछि छिमेकीबाट पैसा सापटी मागेर उहाँले सोलार जडान गर्नुभएको हो । घरमा सोलार जडान गरेर जीवननिर्वाह गर्न थालेको बर्षौ भैसकेको भएपनि अझैसम्म उहाँले गाउँमा बिजुलीको पोल गाडेको देख्नुभएको छैन् । ‘घरमा उज्यालो बनाउने र छोराछोरीको पढाइमा सहजताको लागि सोलार जडान गरेकी हुँ’ उहाँभन्नुहुन्छ ‘सोलार पुरानो हुदैँ गएकाले २/४ घण्टामा नै चार्ज सकिन्छ ।’

उहाँहरु मात्रै होइन घुइयावारीकै गोपाल पुनले पनि घरमा सोलार जडान गरेको झण्डै १२ बर्ष भयो । विजुली बत्तीको आसमा बसेको बर्षौ सम्म पनि बिद्युत्त विस्तारको योजना अघि नबढेपछि उहाँले घरमा सोलार जडान गर्नुभएको हो । ‘मिल सहित घरेलु उद्योग चलाउने, टिभि हेर्ने, ल्याप्टप, कम्प्युटर चलाउन नसकिए पनि मोवाइल चार्ज गर्न र घरमा बत्ती बाल्नको लागि मात्रै सोलार राखेको हुँ’ उहाँ भन्नुहुन्छ ‘विजुली नआउँदा सम्म अरु कामको सपना देख्ने मात्रै हो ।’

उहाँहरु जस्तै कालिमाटी गाउँपालिकाको वडा नम्बर ७ काप्रेचौरका ५ सय ६८ घरधुरीमध्ये केहीको घरमा बाहेक अधिकांशको घरमा सोलार जडान गरिएको छ । सोलारको उज्यालोबाट पढ्न केही सहज भएपनि ब्याट्रिले घण्टौँसम्म चार्ज नटिकाउदाँ समस्या भएको बिद्यार्थी विमल महतराले बताउनुभयो । उहाँले विजुलीको अभावमा ल्याप्टप, कम्प्युटर, नेट, इन्टरनेटको प्रयोग गर्न नपाएको बताउनुभयो । ‘सरकारले गुणस्तरीय शिक्षाको लागि प्रविधिमैत्री शिक्षामा जोड दिने भन्दै आएको छ’ उहाँले भन्नुभयो ‘यहाँ विजुली बत्ती छैन्, प्रविधिमैत्री शिक्षा नारामै सिमित छ ।’

स्थानियका अनुसार काप्रचौरवासी अहिले उज्यालोका लागि सोलारको भर पर्दै आएका छन् । घरलाइ उज्यालो बनाउन, बिहान बेलुका बत्ती बाल्न र दैनिक कार्यसम्पादन गर्नको लागि गाउँलेहरुले सोलार बत्तीको प्रयोग गर्दै आएका छन् । सरकारको उदासिनताका कारण स्थानियले बिद्युत्को विकल्पमा सोलार प्रयोग गर्दै आएका हुन् । आफ्नै व्यक्तिगत लगानीमा सोलार जडान गरेको नागरिकहरुको भनाइ छ ।

करिब एक दशक पहिलेदेखी गाउँमा सोलारको प्रयोग गर्न थालिएको जनाइएको छ । गर्मी मौसममा वत्ती राम्रो बलेपनि बर्षाको समयमा र बादल लागेको बेलामा समस्या हुने गरेको स्थानियको भनाइ छ । दुर्गमको गाउँ र सदरमुकामको पहुँच देखी टाढा रहेको हुँदा काप्रेचौर बिकास निर्माणमा पछि परेको वडाअध्यक्ष नैनसिंह रानाले बताउनुभयो । अहिले गाउँमा सडक पु¥याउने, खानेपानी र सिँचाइका योजना निर्माण तथा विजुली बत्ती बाल्ने प्रयास भैरहेको उहाँको भनाइ छ ।

वडा कार्यालयमा वजेट नहुदाँ राष्ट्रिय प्रशारणको लाइन मार्फत गाउँमा बिद्युतिकरण गर्न नसकिएको उहाँले बताउनुभयो । ‘विद्युत विस्तारको लागि भर्खर पोल गाड्ने काम शुरु भएको छ, त्यो वडामा आउने मुख्य लाइन हो, शाखा लाइन बिस्तार गरेर नागरिकको घर घरमा विजुली पु¥याउनको लागि त अझै केही बर्ष लाग्छ’ उहाँले भन्नुभयो ।

वडाअध्यक्ष रानाले गाउँमा विद्युत नहुँदा टेलिफोन सेवा समेत प्रभावकारी नभएको बताउनुभयो । अहिले काप्रचौरको लेकमा नेपाल टेलिकमको टावर निर्माण गरिएको भएपनि सोलार मार्फत नै सञ्चालन भएकाले घाम लागेको समयमा मात्रै फोनले राम्रो सँग काम गर्ने उहाँले बताउनुभयो । ‘बर्षाको समयमा, बादल लागेको समयमा सोलारको ब्याट्रि राम्रोसँग चार्ज हुदैन्, त्यही कारण नमस्तेको सिमले पनि राम्रो सँग काम गर्दैन्’ उहाँले भन्नुभयो ‘काप्रेचौरमा जिल्लाको सुचना तत्कालै केही पनि थाहा हुदैन् ।’

 

 

 

प्रतिक्रिया दिनुहोस