सल्यान ४, चैत ।
सल्यानमा नेकपा एमालेका नगर कमिटी सदस्यले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले बन्गाड कुपिण्डे नगर कमिटी सदस्य बेल बहादुर वलीले पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा समाहित हुनुभएको हो । नेकपा एमालेमा व्यक्तिवाद, नातावाद र गुटउपगुट मौलाउदैँ गएकाले पार्टी परित्याग गरेको बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
‘म एमालेको नगर कमिटी सदस्य हुदैँ सक्रिय राजनिति गर्दै आएको थिए, तर पार्टीमा व्यक्तिवाद, नातावाद र राजनितिक गुटउपगुट मौलाउदै गएकाले सो पार्टीमा बस्ने बातावरण नभएकाले नगर कमिटी सदस्यबाट राजिनामा दिएर सबैको प्रिय पार्टी एकीकृत समाजवादीमा समाहित भएको जानकारी गराउँदछु,’ जारी बिज्ञप्तीमा भनिएको छ ।