सल्यान ५, चैत ।
बागचौर नगरपालिका ९ खोरबारेमा नेकपा एकीकृत समाजवादीको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । खोरबारेमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा सल्यान जिल्ला सह–ईन्चार्ज लोक बहादुर डाँगीको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका केन्द्रिय परिषद सदस्य ज्ञानेश्वर केसीको बिशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष भोला केसी, नगर कमिटी अध्यक्ष प्रेम बहादुर डाँगी, उपाध्यक्ष रोहवर सुनार, सचिव डम्बर भण्डारी, जिल्ला कमिटी सदस्य गोबिन्द डिसी, युबा संघ नेपालका केन्द्रिय कमिटी सचिवालय सदस्य, जिल्ला ईन्चार्ज तथा पार्टी जिल्ला कमिटी सदस्य ओमकार ओली, युबा संघ नेपाल प्रदेश कमिटी उपाध्यक्ष रेशम भण्डारी, प्रेस संगठन नेपाल प्रदेश सचिव शिव डाँगी, प्रगतिशील शिक्षक संगठन नगर अध्यक्ष तिलक लगाएतकाले बोल्नुभएको थियो ।
वडा कमिटीका अध्यक्ष देब बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममको सञ्चालन अनेरास्वबियूका केन्द्रिय सदस्य कृष्ण प्रकाश ओलीले गर्नुभएको थियो । भने कार्यक्रममा युवा संघ नेपाल केन्द्रिय कमिटी सचिवालय सदस्य टोपेन्द्र ओलिले स्वागत राख्नुभएको थियो ।
सो अवसरमा अखिल किसान महासंघ र अखिल नेपाल महिला संघ (समाजवादी) वडा कमिटी गठन गरिएको छ । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ११ जनाले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।