सल्यान ६, चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनले कर्णाली प्रदेशमा निर्वाचन परिचालन अभियान शुरु भएको छ । प्रदेशको राजधानी सुर्खेतमा संगठनद्धारा आयोजित कार्यक्रममा दलित वस्तिमा जाऔँ, नेकपा (एकीकृत समाजवादी) को पक्षमा जनमत सिर्जना गरौँ भन्ने नाराका साथ निर्वाचन परिचालन तथा संगठन पुनर्जागरण देशब्यापी अभियान कर्णाली प्रदेशबाट शुभारम्भ गरिएको हो ।
प्रदेश कमिटीका अध्यक्ष नीमबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको थियो । बैठकले कर्णाली प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीहरुलाई स्थानीय निर्वाचन परिचालन कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको संगठनका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज लोक बहादुर बिकले जानकारी दिनुभयो ।
यस्तै कर्णाली प्रदेशका १० वटै जिल्ला कमिटीको बैठकहरु आगामी चैत्र १५ गतेभित्र, २५ गते भित्र सबै स्थानीय कमिटीहरु निर्माण गर्ने र ३० गतेभित्र हरेक वडामा दलित महिला उम्मेदवार छनौट गर्ने, पार्टीको १५ दिने अभियान भब्यताका साथ सफल पार्ने लगाएतका निर्णय गरिएको छ ।