सल्यान ६, चैत ।
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि सल्यानमा एक हजार ७३ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ । जसका लागि जिल्ला प्रहरी कार्यालय सल्यानले म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढाएको छ । आज आइतबार देखि चैत्र ११ गते सम्म म्यादी प्रहरीमा भर्ना हुनका लागि नागरिकहरुले दरखास्त दिन सक्नेछन् । जिल्ला प्रहरी कार्यालयबाट नै दरखास्त फाराम वितरण तथा दर्ता कार्य हुने छ ।
आगामी चैत्र २४ गते सम्म छनौट कार्य सम्पन्न भइसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । महिला र पुरुष दुबैका लागि मेडिकल चाँज, शारिरिक अभ्यासदेखि लिखित र मौखिक परीक्षा लिइने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् ।
पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ । म्यादी प्रहरी भर्नाको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु सम्मीलित छनौट समिति रहेको छ ।
सुचना :