सल्यान ९, चैत ।
सल्यानका थप ४४ वटा सामुदायिक बिद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन हुने भएको छ । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागिकोठाको प्राविधिक सहयोग र दलित विकास समाज (डिडिएस) सल्यानको व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रम जिल्लाका थप ४४ वटा सामुदायिक बिद्यालयमा सञ्चालन हुने भएको हो ।
विद्यालयहरुमा कक्षाकोठा व्यवस्थापन सँगै पुस्तकालय स्थापना, विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु लगाएत, शिक्षक पेशागत क्षमता विकासका तालिमहरु सञ्चालन समेत गरेर बिद्यार्थीहरुको सिकाइलाई जहाँ पनि जहिले निरन्तरता दिने उद्धेश्यका साथ साक्षरता कार्यक्रम सञ्चालन गर्न लागिएको रुम टु रिड, पढ्नको लागिकोठाका फिल्ड कार्यालय बाँकेका सिनियर कार्यक्रम व्यवस्थापक खड्ग बहादुर कुँवरले जानकारी दिनुभयो । प्रारम्भिक तहका बालबालिकाहरुको लागि पढ्ने सिप र पढ्ने बानीको विकासमा साक्षरता कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याउने उहाँको भनाइ छ ।
जसका लागि साझेदारी लागतमा जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, सिद्ध कुमाख गाउँपालिका र दार्मा गाउँपालिकामा कार्यक्रम कार्यान्वयनको लागि समझादारी पत्रमा हस्ताक्षर गरिएको छ । ४ बर्षे कार्यक्रम अन्र्तगत रुम टु रिडको ६० प्रतिशत र पालिकाहरुको ४० पतिशत लागत साझेदारीमा रहने गरी चार वटा स्थानिय तहमा ११ वटा बिद्यालयका दरले ४४ वटा बिद्यालय छनौट गरिएको छ ।
जसमा शारदा नगरपालिकाको सरस्वती आधारभूत बिद्यालय गैरागाउ, लक्ष्मी आधारभूत बिद्यालय पानीखोला, त्रिभुवन जनता माद्यामिक बिद्यालय माल्नेटा, भुवनेश्वरी आधारभूत बिद्यालय खैरावाङ, भगवती आधारभूत बिद्यालय भगवतीखोला, ज्ञानदोय आधारभूत बिद्यालय साइलाकम्द, कृष्ण आधारभूत बिद्यालय बागचौर, बालशाखा माद्यामिक बिद्यालय मदमकाँडा, त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङ, आधारभूतविद्यालय सुनचौर र सिद्ध आधारभूत बिद्यालय मधाना छनौट भएका छन् ।
यस्तै बागचौर नगरपालिकामा भुवनेश्वरी आधारभूत बिद्यालय सानागाडाकोट, सितला आधारभूत बिद्यालय पिपलनेटा, कालिका माद्यामिक बिद्यालय कोटमौला, न्यायघाट आधारभूत बिद्यालय कोटवेत, त्रिवेणी आधारभूत बिद्यालय ठाटीचौर, सरस्वती शारदा आधारभूत बिद्यालय ठिनवाङ, सिद्धार्थ आधारभूत बिद्यालय काफलडाँडा, प्रगति आधारभूत बिद्यालय चौखेढुङ्गा, भरत स्मृति माद्यामिक बिद्यालय सिर्पा, विजय आधारभूत बिद्यालय खाली र जनसेवा आधारभूत बिद्यालय गोठिवन छनौटमा परेका छन् ।
यस्तै सिद्ध कुमाख गाउँपालिका तर्फ हिमालय आधारभूत बिद्यालय माझखर्क, जनता कालिका आधारभूत बिद्यालय चिनाली, तारादेवी आधारभूत बिद्यालय दह, देउराली माद्यामिक बिद्यालय कालालेख, नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय छापडाँडा, महेन्द्र आधारभूत बिद्यालय सालघारी, जनसेवा आधारभूत बिद्यालय सागिने, बिष्णु आधारभूत बिद्यालय खानीगाउ, शान्तिसुन्दर माद्यामिक बिद्यालय खार्वन, शान्ति आधारभूत बिद्यालय कागखोला र सरस्वती आधारभूत बिद्यालय हम्पाल छनौटमा परेका छन् ।
यस्तै दार्मा गाउँपालिकामा बालकल्याण माद्यामिक बिद्यालय भुवनटाकुरी, विशेश्वर आधारभूत बिद्यालय त्रिवेणी, नवजागरण आधारभूत बिद्यालय जलुकेनी, जनशिशु आधारभूत बिद्यालय कैनपानी, जनज्योति माद्यामिक बिद्यालय फारुला, सरस्वती आधारभूत बिद्यालय भदालेखोला, नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय ढाकाडाम, सुर्यदयो माद्यामिक बिद्यालय गोठिवन, कालिका आधारभूत बिद्यालय लाखुरीडाँडा, लक्ष्मी आधारभूत बिद्यालय ज्यामिरेचौर र जनकल्यान आधारभूत बिद्यालय झ्यारीवाङ छनौटमा परेका छन् ।
बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले सामुदायिक बिद्यालयको संरचनागत सुधारसँगै शैक्षिक सुधारका लागि साक्षरता कार्यक्रम प्रभावकारी बन्ने बताउनुभएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्दै उहाँले कक्षा १ र २ मा अध्ययनरत साना बिद्यार्थीहरुको व्यवहार परिवर्तन र पढ्ने वानीको बिकास गर्न साक्षरता कार्यक्रमले मद्धत गर्ने भएकाले सोही अनुसार नगरपालिकाले शिक्षा शाखाबाट आवश्यक समन्वय र सहजीकरणमा समेत सहयोग गर्ने गरी साझेदारी गरेको बताउनुभएको हो ।
सन् २०१८ देखी जिल्लाका कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका, सिद्ध कुमाख गाउँपालिका र बागचौर नगरपालिकाका ५४ वटा सामुदायिक विद्यालयहरुमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।