पुल नहुँदा सास्ती

बर्खाको उर्लदो भेल होस् वा हिउँदको चिसो, बिद्यार्थीहरु जोखिम लिएर नदी तर्छन् ।

सल्यान १०, चैत ।

बबइ नदीमा पुल नभएकै कारण सल्यानको कालिमाटीका विद्यार्थी विद्यालय जानको लागि जोखिम मोल्न बाध्य भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका ७, काप्रचौरमा बबइ नदिमा घुइयावारी–बाटुले जोड्ने पुल नहुदाँ बर्खाको उर्लदो भेल होस् वा हिउँदको चिसो, बिद्यार्थीहरु जोखिम लिएर नदी तर्छन् । पुल नहुँदा उनीहरू चिन्ना, गाडीको ट्युव, जर्किन आदीको सहायतले नदी पार गर्ने गरेका छन् ।

बबइ नदिमा पुल नहुदाँ पढ्नकै लागि जोखिम मोलेर नदि तर्नुपरेको बिद्यार्थीहरु बताउँछन् । काप्रेचौरको स्वयम्बास, कुसुमतरा, बाटुले लगाएत स्थानमा माध्यामिक तहको विद्यालय छैन । जसका कारण यो क्षेत्रका विद्याथीलाई पढ्नको लागि घुइयावारीमा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय पुग्नुपर्छ । तर दैनिक रूपमा जोखिम झेलेर जानुपर्ने अवस्था रहेको कक्षा ९ मा अध्ययनरत बिद्यार्थी यामकली बस्तेतले बताउनुभयो ।

‘कक्षा ५ सम्म पढ्नको लागि गाउँमा नै बिद्यालय छ, तर त्यो भन्दा माथिल्लो कक्षामा पढाई हुने बिद्यालय गाउँमा छैन्, घरदेखी करिब १ घण्टा हिडेर बिद्यालय पुगिन्छ’ उहाँले भन्नुभयो ‘तर जोखिम धेरै हुन्छ । बर्खामा बबइ उर्लेर आएको हुन्छ, सक्नेजतिले बबइ तरेर पढ्न जान्छौँ, नसक्ने बिचबाटो बाटै घर फर्किनुपर्छ ।’ नदि तर्दा कहिलेकाही कितावकापि भिज्ने गरेको उहाँले बताउनुभएको छ ।

कक्षा ९ मा अध्ययनरत अर्का बिद्यार्थी सोमलाल बस्नेतले बबइ नदिकै कारण कयौँ पटक कक्षामा उपस्थित हुन नसकेको बताउनुभयो । ‘हिउँदको चिसोमा होस् या बर्खामा, बाह्र्रै महिना बबइ नदि तरेर बिद्यालय जानुपर्छ, बर्खामा नदि ठुलो भएको बेलामा चिन्ना, गाडीको ट्युव, जर्किनको सहायताले नदि पार गर्छौ’ उहाँले भन्नुभयो ‘चप्पल बग्छन्, कपडा भिजेका हुन्छन् ।’

बिद्यालयमा आउनको लागि ¥याङ र हात्तिढुंगामा झोलुंगेपुल निर्माण गरिएको भएपनि ती पुलबाट बिद्यालय जादाँ २ घण्टा बढी हिड्नुपर्ने उहाँको भनाइ छ । ‘¥याङको पुल तरेर बिद्यालयमा जान पनि बिचमा खहरे खोला पर्ने भएकाले जाखिम त्यतिकै छ, बबइ नदिको बहाफ धेरै भएको बेलामा बिच बाटोबाटै घर फर्किनुपर्ने बाध्यता पनि छ’ उहाँले भन्नुभयो ।

बबइ पारीका क्षेत्रमा कक्षा ५ सम्म अध्ययन गर्ने बिद्यालय भएपनि माथिल्लो कक्षामा अध्ययनका लागि बिद्यालय नहुदाँ बर्दिया, सुर्खेत वा बबइपारी जानुपर्ने बाध्यता छ । घुइयावारीमा रहेको बिद्यालयमा ४ सय बढी बिद्यार्थीहरू पढ्छन् । जस मध्ये बबइ नदी पारिका करिब १ सय ५० बिद्यार्थीहरू छन् । उनीहरूलाइ दैनिक विद्यालय जान र फर्किने क्रममा नदी तर्न समस्या हुने गरेको छ ।

बिद्यालयका शिक्षक कुलेन्द्र बिसीले बबइमा पुल नहुदाँ बिद्यार्थीहरूको पठनपाठन नै प्रभावित भएको बताउनुभएको छ । ‘पुल नहुदाँ बिद्यार्थीहरुले जोखिम मोलेर नदि पार गर्छन, कहिलेकाही पढाइ शुरुभैसकेपछि मात्रै बिद्यालयमा उपस्थित हुन्छन्, यसले गर्दा उनीहरुलाई पढाइमा घाटा लाग्नेगर्दछ’ उहाँले भन्नुभयो । बर्खाको समयमा बबइ पारीका आधा बढी बिद्यार्थी बिद्यालयमा अनुपस्थित हुने गरेको उहाँले बताउनुभयो ।

बबइ नदिकै कारण बालबालिकालाई बिद्यालय पठाउन पनि समस्या हुने गरेको एक अभिभावक नैनी महतराले बताउनुभयो । ‘बिद्यार्थीहरु मात्रै होइन्, यहाँका स्थानियहरुले पनि घास दाउरा, मेलापात बबइ नदि तरेर गर्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘पुल नहुदाँ नदि तर्नुको विकल्प छैन् ।’ स्थानियका अनुसार बर्षेनी बबइ नदि तर्नेक्रममा केहीले ज्यान गुमाउनु परेको छ भने केही बेपत्ता समेत भएका छन् ।

स्थानियले घुइयावारी–बाटुले जाड्ने पक्कि पुल होइन, झोलुङ्गे पुलमात्रै भएपनि बनाइदिन बारम्बार आग्रह गर्दै आएका छन् । तर पनि पुल निर्माण्मा कसैले चासो दिएको छैन् । कालिमाटी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष नैनसिंह रानाले पुल निर्माण लागि पहल गरिरहेको बताउनुभएको छ । उहाँले पुल निर्माण गरिदिन प्रदेश र केन्द्र सरकारलाई आग्रह गरिरहेको बताउनुभएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस