एमाले त्रिबेणीका उपसचिव रेउले एकीकृत समाजवादीमा प्रवेश

सल्यान १६, चैत ।
नेकपा एमाले सल्यानको त्रिबेणी गाउँ कमिटीका उपसचिव मंगल रेउलेले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै उहाँले एमाले पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । एमाले पार्टी बिचार र सिद्धान्त विहिन पार्टी भएकाले पार्टी परित्याग गरेको उहाँले बताउनुभएको छ ।

एमाले व्यक्तिगत स्वार्थमा तल्लिन भएको, पार्टीको नेतृत्व स्वयच्छाचारी, दम्भ, घमण्ड र अधिनायकवादी ढंगले चलेको, देश र जनताको पक्षमा काम गर्न नसक्ने यो पार्टी केपि पार्टी हो बिज्ञप्तीमा भनिएको छ देश र जनताको पक्षमा काम गर्ने, कम्युनिष्ट आन्दोलनको रक्षाको लागि अघि पढेको पार्टी एकीकृत समाजवादीको यात्रामा सरिक भएको छु । उहाँले एमालेबाट बिद्रोह गरेर एमालेले प्रदान गरेका सबै पद परित्याग गरेर एकीकृत समाजवादीको यात्रामा सरिक भएको बिज्ञप्तीमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित