नेकपा एस सल्यानको जिल्ला निर्वाचन परिचालन कमिटीको संयोजकमा बोहरा

 

सल्यान १६, चैत ।
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले जिल्लामा गठन गरेको निर्वाचन परिचालन कमिटीको संयोजकमा पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज एवम् राष्ट्रियसभा सदस्य उदय बहादुर बोहरा चयन हुनुभएको छ ।

यस्तै उपसंयोजकमा पार्टीका जिल्ला अध्यक्ष हरि केसी रहनुभएको छ भने सदस्यहरुमा राम खड्की, रमेश गौतम, भोला केसी, कल्पना सेजवाल लगाएतका रहनुभएको छ । सो पार्टीले जिल्लाभर ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस