सल्यान १८, चैत ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सल्यानको अध्यक्षमा बिर बहादुर सेजवाल नियुक्त हुनुभएको छ । काठमाण्डौँमा आयोजित एक कार्यक्रममा उहाँले बिहीबार नियुक्ति प्राप्त गर्नुभएको हो । यसअघि केपि ओली नेतृत्वको सरकारले सबै भूमि आयोगमा गरेका नियुक्तिहरु देउवा नेतृत्वको सरकारले खारेज गरेको थियो ।
पुर्वशिक्षक समेत रहनुभएका सेजवाल नेपाली काँग्रेसमा आबद्ध भएर राजनिति गर्दै आउनुभएको छ । भूमि आयोग जिल्ला समितिले दलित सुकुम्वासीहरुलाई जग्गा उपलव्ध गराउने, लालपुर्जा वितरण गर्ने, अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लगाएतका काम गर्ने छ ।