नेकपा एस द्वारा शारदा नगरपालिकामा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा

सल्यान १८, चैत ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले पालिका स्तरमा निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै सो पार्टीले जिल्लाका सबै स्थानिय तहमा निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो । जस अन्तरगत शारदा नगरपालिकामा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ । जसको संयोजकमा नगर इन्चार्ज यौवन प्रकाश श्रेष्ठ र सहसंयोजकमा नगरअध्यक्ष हिमेन्द्र बुढाथोकी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित