सल्यान १८, चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले पालिका स्तरमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा बागचौर नगरपालिकामा पनि निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ । पार्टीका नगर इन्चार्ज ज्ञानेश्वर केसीको संयोजकत्वमा ३ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो । जसको सहसंयोजकमा पार्टीका नगर कमिटी अध्यक्ष प्रेम डाँगी रहनुभएको छ । आसन्न स्थानिय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्दै पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनको लागि चुनाव प्रचारप्रसार लगाएतका कार्य सञ्चालन गर्न कमिटी घोषणा गरिएको जनाइएको छ ।
यस्तै सिद्ध कुमाख गाउँपालिकामा ३ सय २७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । पार्टीका गाउँ कमिटी अध्यक्ष चित्र बहादुर चलाउनेको संयोकत्वमा परिचालन कमिटी गठन गरिएको हो । यस्तै गाउँपालिकाका बिभिन्न वडाहरुमा घरदैलो अभियान सञ्चालन गरिएको छ । सिद्ध कुमाख गाउँपालिका ४ र ५ नम्बर वडामा घरदैलो अभियान सञ्चालन गरिएको र अरु वडाहरुमा पनि सञ्चालन गरिने पार्टीका पालिका सहइन्चार्ज मनविर बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर ४ मा पालिका सहइन्चार्ज बस्नेत सँगै पार्टीका पालिका उपाध्यक्ष तिर्थराज धिताल, सचिव लोक बहादुर बिक, सदस्य डम्बर बुढाथोकी लगाएतको उपस्थितीमा घरदैलो गरिएको हो । यस्तै वडा नम्बर ५ मा पार्टीका पालिका अध्यक्ष चित्र बहादुर चलाउने, जिल्ला कमिटी सदस्य शालिक राम बुढाथोकी, पालिका उपसचिव नन्दालाल बोहरा लगाएतको उपस्थितीमा घरदैलो अभियान सञ्चालन गरिएको छ ।
यस्तै त्रिबेणी गाउँपालिकामा पनि निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ । पार्टीका नेता भिउसेन नेपालीको संयोजकत्वमा २ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ । जसको सहसंयोजकमा कुल बहादुर भण्डारी रहनुभएको छ ।