समाजवादी प्रेस संगठन सल्यानद्धारा सबै पालिकामा इन्चार्ज तोकियो

सल्यान १९, चैत ।
समाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति सल्यानको पुर्ण बैठक सल्यानको खलंगामा सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष बुद्धि पुनको अध्यक्षता एवम् पार्टीका जिल्ला अध्यक्ष हरि केसीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा सल्यानका सम्पुर्ण पालिकाको रिपोर्टिङ समेत गरिएको छ । साथै अबको एक हप्ता भित्र सबै पालिकामा कमिटी बिस्तार समेत गरिने छ ।

यस्तै बैठकको संगठनलाई थप मजबुत बनाउन जिल्लाका १० ओटै पालिकामा इन्चार्ज तोकिएको छ । जसमा वनगाड कुपिण्डे नगरपालिकाको इन्चार्जमा दुर्गा विसी, बागचौर नगरपालिकाको इन्चार्जमा बामदेव केसी, शारदा नगरपालिकाको इन्चार्जमा मेघा रेउले रहनुभएको छ ।

यस्तै छत्रेश्वरी गाउँपालिकाको इन्चार्जमा सुरेन्द्र चन्द, कालिमाटी गाउँपालिकाको इन्चार्जमा महेश कुमार वली, कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाको इन्चार्जमा गोविन्द आचार्य, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाको इन्चार्जमा खेमराज सुनार र सिद्ध कुमाख गाउँपालिकाको इन्चार्जमा करेश्मा गिरी चयन हुनुभएको छ ।

बैठकमा पार्टीका जिल्ला सचिव रमेश गौतम, उपसचिव कल्पना सेजवाल, संगठनका संस्थापक केन्द्रिय सदस्य मिना बुढाथोकी, अस्मिता गिरी, प्रदेश कमिटी सदस्य दुर्गा विसी लगाएतको आतिथ्यता रहेको थियो । बैठकको सहजीकरण सचिव खेमराज सुनारले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस