युवा संघ नेपाल जिल्ला कमिटी सल्यानको बैठक आइतवार बस्दै

सल्यान १९, चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल जिल्ला कार्य समिती सल्यानको बैठक भोली आइतवार बस्ने भएको छ । जिल्लाको सदरमुकाम खलंगास्थित पार्टी कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा आसन्न स्थानिय तहको निर्वाचनमा चुनाव प्रचारप्रसार सहित पार्टीको पक्षमा जनमत सिर्जना गर्दै पार्टीका उम्मेदवारलाई विजयी बनाउन युवाहरुलाई परिचालन गर्ने लगाएका बिबिध बिषयमा छलफल गरिने छ ।

बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सचिव, केन्द्रीय स्थायी कमिटी सदस्य, केन्द्रिय सचिवालय सदस्य, केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला कमिटीका सदस्यहरु तथा जिल्लाका १० वटै पालिकाका ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिव लगाएतको सहभागिता रहने जिल्ला सहइन्चार्ज टोपेन्द्र वलीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस