कपुरकोटमा निर्वाचन केन्द्रित सत्ता गठबन्धनको छलफल सम्पन्न

कपुरकोट २०, चैत ।

सत्तारुढ गठबन्धनमा रहेका ३ दलले कपुरकोट गाउँपालिकाको स्थानीय निर्वाचनमा तालमेलका लागि छलफल गरेको छ । शनिबार कपुरकोटमा बसेको गठबन्धनको छलफलले वडा तहसम्म तालमेलको मोडालिटी कसरी तयार गर्न सकिन्छ र गर्ने भन्ने विषयमा छलफल चलेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० पार्टीका नेताहरु सहभागी थिए ।

बैठकले चुनावी तालमेलको मोडालिटी कसरी तयार गर्न सकिन्छ भन्ने मुल विषयमा छलफल भएको र बैठक गठबन्धन कै पक्षमा रहेको केही प्राविधिक कुराहरु पनि मिलाउनु पर्ने भएको हुदा बैठक फेरि अर्को मितिमा सारिएको नेपाली कांग्रेस कपुरकोट गाउँपालिका का प्रवक्ता कुबेर केसिले जानकारी दिनुभएको छ ।

बैठकमा कांग्रेस पालिका सभापति यगराज वलि र पुर्व क्षेत्रीय सभापति दुर्गा गिरि , नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष प्रकाश भण्डारी , बालाराम खड्का , शेर बहादुर पुन र नेकपा एकीकृत समाजवादीका पालिका अध्यक्ष दुर्गा पुन , जित प्रसाद आचार्य , टोपेन्द्र केसि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस