सल्लीवजार २०, चैत ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १ मा नेकपा एकीकृत समाजवादीले जनपरिचालन वडा भेला गरेको छ । भेलामा टोल वस्ति वस्तिमा निर्वाचन वडा परिचालन कमिटी गठन गरिएको छ । टोल वस्तिको रिपोर्टिङ पछि अझै पार्टीलाई सशक्त वनाउने विषयमा चुनावी तयारी गरिएको छ ।
प्रदेश कमिटी सदस्य गणेश विसीको प्रमुख आतिथ्यमा भएको जनपरिचालन अभियान भेलामा प्रदेश कमिटी सदस्य जीवन विसी, जिल्ला कमिटी सदस्य शान्त कुमार यरी, डम्बर ज्वाला, तुङ्ग विसी, दोर्ण यरी, नगर कमिटी सदस्य प्रकाश वुढा, हेमराज वुढा, लोगवहादुर वुढा, विद्यार्थी नेता तिलक नेपाली, युवा संघ नगर कमिटी सचिव प्रसान्त साहु लगाएतले धारणा राख्नुभएको थियो ।
जनपरिचालन अभियान भेलामा वोल्ने नेताहरुले १ नम्बर वडा एकीकृत समाजवादीको लाल किल्ला भएको र ८० प्रतिशत बर्चस्व रहेको दावि गरेका छन् । उल्लेख्य सहभागीता रहेको जनपरिचालन भेलामा टोल र वस्तिमा चुनावी कमान्डर समेत घोषणा गरिएको छ । वडा स्तरका अगुवा नेताहरुले आ–आफ्नो टोल वस्तिको अवस्थाका विषयमा रिपोर्टिङ गरेका थिए । पार्टी वडा कमिटी अध्यक्ष दिप वस्नेतको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भरत सुनारले गर्नुभएको थियो ।