सल्यान २२, चैत ।
सल्यानमा कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य परियोजना सञ्चालन भएकोे छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान मार्फत जिल्लाका दुइ स्थानिय तहमा यस परियोजना सञ्चालन भएको हो । खास गरेर कोभिड १९ नियन्त्रणका लागि प्रचारप्रसारका कार्य सञ्चालन गर्न र कोरोना बिरुद्धको खोपको पहुँच बाहिर रहेका नागरिकहरुलाई खोपको पहुँचमा पुर्याउनको लागि यस परियोजना सञ्चालन गरिएको हो ।
यसले जिल्लाको शारदा नगरपालिका र कुमाख गाउँपालिकामा कोभिड १९ नियन्त्रण सम्वन्धि काम गर्ने परियोजनाका जिल्ला संयोजक करुणा बस्नेतले जानकारी दिनुभयो । उहाँले अवको चार महिनासम्म कोरोना बिरुद्धको खोपको पहुच बाहिर रहेकालाई पहुँचमा ल्याउने र जिल्लामा कोभिड खोप लगाउनेहरुको संख्यामा बृद्धि गर्ने गरी परियोजनाले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठ, मन्त्री किशोर कुमार हमाल, उपमन्त्री कल्पना सेजवाल, स्वास्थ्य सेवा कार्यालय सल्यानका तारा रिजाल, शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमाल लगाएतको सहभागिता रहेको थियो ।