सल्यानको बागचौरमा पत्रकारिता सम्बन्धि ३ दिने तालिम सुरु

सल्यान २२, चैत ।
सल्यानको बागचौर नगरपालिकाले पत्रकारिता सम्बन्धि तीन दिने अभिमुखीकरण तालिम सुरु गरेको छ । बिहीवार सम्म संचालन हुने तालिमको मंगलवार उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले पत्रकारिता क्षेत्रमा बागचौर नगरपालिकालाई अगाडि बढाउनको लागि यो तालिमको आयोजना गरिएको बताउनुभएको छ । उहाँले नगरपालिकाका १२ वटै वडाहरुमा सञ्चार क्षेत्रको बिकास गर्नको लागि नगरपालिकाले सबै वडाबाट सहभागीहरुलाई उपस्थिति गराएको बताउनुभएको छ ।

नगरपालिकाले पहिलेका बर्षहरुमै यो कार्यक्रम गर्ने धारणा बनाएको थियो तर कोरोना महामारीले गर्दा अहिले मात्र यो कार्यक्रम गर्ने लागिएको छ उहाँले भन्नुभयो । जसरी नेताहरूको थलोका रुपमा बागचौर नगरपालिका परिचित छ त्यसरी नै पत्रकारहरुको उत्पादनको थलोका रुपमा बागचौर नगरपालिका बन्नुपर्ने उहाँले बताउनुभएको छ । पत्रकारितामा जहिल्यै पारदर्शिता र निष्पक्षता हुनुपर्ने र यो ३ दिने पत्रकारिता तालिमले पत्रकारिता क्षेत्रमा एउटा नयाँ दिशानिर्देश गर्नेछ भन्ने विस्वास लिएको छु उहाँले भन्नुभयो ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले अबको पत्रकारिता डाटाबेसमा जानुपर्ने बताउनुभएको छ । पत्रकारिता जहिल्यै रिसर्च बेसमा अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । पत्रकारिता समाज परिवर्तनको एउटा महत्त्वपूर्ण पक्ष भएकाले प्रविधि संगै सबै अगाडि बढ्नुपर्ने उहाँले जोड दिनुभएको छ ।

३ दिन सम्म संचालन हुने पत्रकारिता तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य दिपक शर्मा, रेडियो तहल्काका स्टेसन म्यानेजर डिल्ली राज रावत रहनुभएको छ । कार्यक्रममा बागचौर नगरपालिकाका सूचना अधिकारी तिर्थराज डाँगी, नगरपालिकाका जिन्सी शाखा प्रमुख लालबहादुर डिसी, नेपाल पत्रकार महासंघ सल्यानका सचिव टिकाराम भण्डारी, पत्रकार हरिप्रकाश पुन, पुष्पा रिजन डिसी लगाएतको उपस्थिति रहेको थियो । धनेश्वर खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष बामदेव केसीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस