सल्यान २३, चैत ।
आगामी ३० बैशाखमा हुने स्थानिय तहको निर्वाचनमा सल्यानमा ३२ हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भन्दा यस निर्वाचनमा जिल्लाका दशवटै स्थानिय तहमा गरेर ३२ हजार ४ सय ५९ मतदाता थपिएका हुन् । गत स्थानिय तहको निर्वाचनमा १ लाख २५ हजार २ सय ५६ मतदाता रहेका थिए ।
आगामी स्थानिय तहको निर्वाचनमा भने १ लाख ५७ हजार ७ सय १५ मतदाता रहेका हुन् । जसमा पुरुष मतदाता ७९ हजार ९ सय ४ रहेका छन् भने महिला मतदाता ७७ हजार ८ सय ११ रहेका छन् । जिल्लाका दश स्थानिय तहमध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा मतदाता रहेका छन् भने सबैभन्दा कम सिद्ध कुमाख गाउँपालिकामा रहेका छन् ।
जसअनुसार शारदा नगरपालिकामा पुरुष ११ हजार ७ सय ८४ र महिला १२ हजार १ सय ७४ गरेर २३ हजार ९ सय ५८ मतदाता रहेका छन् । यस्तै बागचौर नगरपालिकामा ११ हजार ३ सय ६ पुरुष र १० हजार ९ सय ५८ महिला गरे २२ हजार २ सय ६४ मतदाता रहेका छन् । यस्तै बन्गाड कुपिण्डे नगरपालिकामा ११ हजार ७० पुरुष र ९ हजार ९ सय २६ महिला गरेर २० हजार ९ सय ९६ मतदाता रहेका छन् ।
यस्तै ७ हजार ९ सय १३ पुरुष र ७ हजार ७ सय ८५ महिला गरेर छत्रेश्वरी गाउँपालिकामा १५ हजार ६ सय ९८ मतदाता, कालिमाटी गाउँपालिकामा ७ हजार ७ सय २९ पुरुष र ७ हजार ३ सय ५७ महिला गरेर १५ हजार ८६ मतदाता, कुमाख गाउँपालिकामा ७ हजार ६ सय १३ पुरुष र ७ हजार ३ सय ७ महिला गरेर १४ हजार ९ सय २० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै दार्मा गाउँपालिकामा ६ हजार २ सय ५६ पुरुष र ६ हजार १ सय ८१ महिला गरेर १२ हजार ४ सय ३७ मतदाता, कपुरकोट गाउँपालिकामा ६ हजार २३ पुरुष र ५ हजार ९ सय ८० महिला गरेर १२ हजार ३ मतदाता, त्रिबेणी गाउँपालिकामा ५ हजार ८ सय ९१ पुरुष र ५ हजार ८ सय २५ महिला गरेर ११ हजार ७ सय १६ मतदाता र सिद्ध कुमाख गाउँपालिकामा ४ हजार ३ सय १९ पुरुष र ४ हजार ३ सय १८ महिला गरेर ८ हजार ६ सय ३७ मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी तेजेन्द्र कुमार चन्द्रले निर्वाचन आयोगले हालै मात्र सार्वजनिक गरेको नयाँ मतदाता नामावली आगामी स्थानिय तहको निर्वाचनमा कायम रहने बताउनुभयो । उहाँका अनुसार २०७४ सालको स्थानिय तहको निर्वाचन भन्दा यसपटकको निर्वाचनको लागि सबैभन्दा धेरै शारदा नगरपालिकामा ४ हजार ९ सय ३४ नयाँ मतदाता थपिएका छन् । यस्तै बागचौर नगरपालिकामा ४ हजार ७ सय २, बन्गाड कुपिण्डे नगरपालिकामा ४ हजार ६ सय ८१ र छत्रेश्वरी गाउँपालिकामा ३ हजार २ सय ७४ नयाँ मतदाता थपिएका छन् ।
यस्तै दार्मा गाउँपालिकामा ३ हजार २ सय ४८, कालिमाटी गाउँपालिकामा २ हजार ९ सय ६२, कुमाख गाउँपालिकामा २ हजा ७ सय २७, त्रिबेणी गाउँपालिकामा २ हजार १ सय ६१, कपुरकोट गाउँपालिकामा २ हजार १ सय ४२ र सिद्धकुमाख गाउँपालिकामा १ हजार ६ सय २८ नयाँ मतदाता थपिएका छन् । यसपटकको निर्वाचनमा जिल्लाभर १ सय १४ मतदान स्थल र २ सय १ मतदान केन्द्र रहने छन् ।
गत स्थानिय तहको निर्वाचन भन्दा यस निर्वाचनमा ३ वटा मतदान स्थल र २१ वटा मतदात केन्द्र थपिएका छन् । यस्तै जिल्लाभर मृत्यु भएका २ सय ६३ जनाको मतदाता नामावलीबाट नाम हटाइएको छ ।