गुर्भाकोटमा उपचार पछि पुनःस्थापनासँगै सिम्तामा शिविर सञ्चालन हुने

सल्यान २४, चैत ।
विकलांग मित्र समूह अपांग बाल अस्पताल वनेपा काभ्रेले सुर्खेतको सिम्ता गाउँपालिमा र गुर्भकोट नगरपालिकामा अपांगता भएका वालवालिका तथा नागरिकका लागि ठुलो सहयोग गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र हाल सम्म देसै भरि १ लाख भन्दा बढी बाल बालिकाको उपचार तथा पुनःस्थापन गरि सकेको छ । यसैगरि गुर्भाकोट नगर पालिकामा ५६ र सिम्तामा गाउँपालिकामा ११ जना बालबालिको उपचार तथा पुनःस्थापन गरेकोछ । सिम्ता गाउँपालि सुर्खेत र गुर्भाकोटमा महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका व्यक्तिहरुलाइ अपांगता पुनस्र्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियोे ।सो कार्यक्रम विकलांग मित्र समूह अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा काभ्रे,वाग्मती प्रदेश नेपाल र सिम्ता गाउँपालिका सुर्खेत र गुर्भाकोट नगरपालिकाको समन्वय तथा कम्युनिटि पाट्नर्स ईन्टरनेशनलको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियोे ।

सिम्ता गाउँपालिकामा पुनः अपांग वालवालिकाका शिविर सञ्चालनका निम्ति सोहि तयारी अनुसार कार्यक्रम आयोजना गरिएको छ भने गुर्भाकोटमा ५६ जना वालवालिकाको उपचार पछि पुनस्र्थापन गर्नेका निम्ति कार्यक्रम सञ्चालन गरिएको थियो ।सिम्तामा यश अघि संस्थाले ११ जना वाललिकाको उपचार पछि पुनस्र्थापन गरिसकेको छ भने पुनः शिविर सञ्चालन समेत हुने भएको छ ।विशेष गरि जन्मजात खुट्टा बांगो,टिङगो भएका १८ वर्ष वालवालिकाका लागि उपचार गर्ने सकिने विकलांग मित्र समूह बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रका प्रतिनिधि होमराज केसीको भनाइ रहेको छ ।शिविरमा हात,खुट्टा बांगो,नसा खुम्चिएको,आगोले पोलेर समस्या वनाएको त्यस्ता बालबालिकाको उपचार हुने जनाएको छ ।निशुल्क रुपमा उपचार समेत हुने जनाएको छ ।

आउदो बैशाख ५ गते देखि सो शिविर सिम्ता गाउँपालिकाको राकम स्वास्थ्य चौकीमा सञ्चालन गरिने भएको छ ।स्वास्थ्य परिक्षणसँगै शारीरिक असक्ता समेत पहिचान हुने गरिने भएको छ ।जन्मजात खुट्टाको पैताला भित्र वा वाहिर फर्केको,आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको,खुट्टा लुलो वा कमजोर भएको,भाँचिएको,बांगो,जोर्नी दुख्ने,सुनिने,हड्डीको टिवि रोग लागेको,हड्डी पाकेर लामोसमय सम्म पिप आइरहेको,अपांगता भइ कृतिम हातखुट्टा आवश्यक परेमा ।नसा तथा हाडजोर्नी सम्बन्धि समस्या,ढाड बाङ्गो,हाडजोर्नी बाङ्गीएको लगाएतका समस्याहरुको निदान हुने जनाएको छ ।उक्त शिविरबाट भरपुर सेवा लिन सबै नागरिकलाई केसीको अनुरोध पनि छ ।

 

प्रतिक्रिया दिनुहोस